वडा दसैं नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ।
दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेसँगै नयाँ बसपार्कमा सार्वजनिक सवारी साधन चढ्ने यात्रुको भीड देखिन थालेको हो।
दसैंका लागि काठमाडौंमा रहेका नागरिकहरू धमाधम आफ्नो गाउँघर फर्किन थालेका छन्।
विशेषगरी लामो दूरीका सवारी साधनमा यात्रुको चाप बढेको व्यवसायीहरूले बताएका छन्।
यात्रुको सहजताका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ खुला हुने जनाइएको छ। अग्रिम टिकट खुलेसँगै दसैंको मुख्य समयमा घर फर्किने यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको छ।
नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लामा जाने लामो, तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन हुँदै आएका छन्।
तस्बिरहरू:
-1791468395.jpg)
-1791468395.jpg)
-1791468394.jpg)
-1791468393.jpg)
-1791468394.jpg)
-1791468394.jpg)
-1791468394.jpg)
-1791468393.jpg)
-1791468393.jpg)
-1791468393.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी