आजदेखि दसैंका लागि अग्रिम टिकट खुला भएको छ।
काठमाडौंबाट टाढा-टाढा जाने यात्रुहरूले दसैंको केही दिन अगाडि नै टिकट काट्ने व्यवस्था गरिएको छ।
दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले शुक्रबारदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो।
लामो तथा मध्यम दूरीका सवारी साधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट परमिटसमेत खुला गरिएको छ।
अग्रिम टिकट बुकिङ गर्न काठमाडौंको नयाँ बसपार्कमा बिहानैदेखि सर्वसाधारणको भिड छ।
सबेरैदेखि लाइनमा बसेका सर्वसाधारण टिकट लिएर घर फर्किरहेका छन्। कोही आफ्नो पालो कुर्दै गरेको देखिन्छ।
तस्बिरहरूः

















