काठमाडौंको खुलामञ्च आसपास सवारी साधनको लामो जाम देखिएको छ।
खुलामञ्चमा असोज १८ गतेदेखि महाधिवेशन जारी छ। आज मतदान भइरहेको छ।
कांग्रेसको महाधिवेशनको प्रभावले आसपासका सडकमा चर्को सवारी जाम देखिएको हो।
केशरमहल हुँदै जमलदेखि माइतीघरसम्मका सडकमा सवारी साधनहरू रोकिँदै चलिरहेको छ।
थापाथली त्रिपुरेश्वर हुँदै टेकुसम्म सवारी साधनहरू त्यसरी नै ओहोरदोहोर गरिरहेका छन्।
महाधिवेशनकै कारण प्रदर्शनमार्गको सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ।
खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा कांग्रेसको मतदान भइरहेको छ।
तस्बिरहरूः
-1791539382.jpeg)
-1791539383.jpeg)
-1791539383.jpeg)
-1791539383.jpeg)
-1791539383.jpeg)