आइतबार सबेरै बूढीगण्डकी उर्लिँदा ठूलो भौतिक क्षति भएको छ।
तटीय क्षेत्रमा मानिसहरूले चाँडै सूचना पाउँदा मानवीय क्षति भने हुन पाएन।
पुल, जलविद्युत आयोजनाका क्याम्प, खाली घरहरू बगाएका छन्।
बूढीगण्डकीमा आइतबार आएको बाढीमा पानीको मात्रा कम लेदो र गेग्रानको मात्रा बढी देखिएको छ।
बाढीले नदी नै कालो देखिएको छ।
बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा आइतबार साँझैसम्म सतर्क रहन भनेको छ।
गोरखाको चुमनुब्री गाउँपालिका-३ लोकपा र चुम्लिङको बीच भागमा ठूलो पहिरोले बूढीगण्डकी थुनिएको र खुल्दा भीषण बाढी आएको अनुमान छ।
यद्यपि त्यसको पुष्टि हुने तस्बिर र भिडिओहरू भने सार्वजनिक भएका छैनन्।
बाढी पूर्वानुमान महाशाखाले विस्तृत अध्ययन भइरहेको जानकारी दिए।
तस्बिरहरूः
-ink-1791701781.jpeg)
-ink-1791701781.jpeg)
-ink-1791701781.jpeg)
-ink-1791701780.jpeg)
तस्बिरहरु- शंकर श्रेष्ठ, धादिङ/नेपाल फोटो लाइब्रेरी