बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ।
नेपाली सेनाले हेलिकोप्टर र स्थलमार्गबाट खटिएको टोली परिचालन गरी उनीहरूको उद्धार गरेको हो।
नेपाली सेनाका चार वटा हेलिकोप्टरसहित परिचालन गरिएको टोलीले जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट ९ जना र पायुबाट १२ जनाको उद्धार गरेको छ।
यारुबाट उद्धार गरिएकामध्ये एक शिशु र एक विदेशी नागरिक पनि रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
आज बूढीगण्डकीमा लेदोसहित बाढी आएको छ।