शहरको आकाशमा रंगीचंगी चंगा देखिन थालेसँगै लाग्छ- दसैं आयो।
आकाशमा चंगा उड्न थालेपछि दसैं आएको आभास हुन्छ। तर, पछिल्लो समय शहरको आकाशमा चंगाको उमंग पहिलेको तुलनामा कम देखिन थालेको छ।
दसैंमा चंगा उडाउने परम्परा नेपाली समाजमा लामो समयदेखि चलिआएको छ। यद्यपि, बदलिँदो समयसँगै यो परम्पराप्रतिको आकर्षण घट्दै गएको देखिन्छ।
काठमाडौंको चोभारमा भने केही युवा तथा बालबालिका चंगा उडाएर रमाइरहेको देखिन्थ्यो। खुला आकाशमुनि कोही चंगा उडाउन व्यस्त थिए भने कोही आकाशमा उडिरहेको चंगा हेर्दै रमाइरहेका थिए। केही परिवारसमेत चंगा उडाउन र रमाइलो गर्न चोभार पुगेका थिए।
दसैंको उल्लाससँग जोडिएको चंगा उडाउने परम्पराले बालबालिका र युवालाई मात्र होइन, परिवारका सदस्यलाई समेत एकै ठाउँमा रमाउने अवसर दिन्छ।
शहरको आकाशमा चंगाको चहलपहल घट्दै गए पनि चोभारमा देखिएको यो दृश्यले दसैंसँग जोडिएको पुरानो परम्परा अझै जीवित रहेको झल्को दिन्छ।
तस्बिरहरू:
-1791820059.jpg)
-1791820059.jpg)
-1791820059.jpg)
-1791820059.jpg)
-1791820058.jpg)
-1791820058.jpg)
-1791820058.jpg)
-1791820058.jpg)
-1791820058.jpg)
-1791820058.jpg)
-1791820057.jpg)
-1791820057.jpg)