चीनको पूर्वी शहर हाङझाउमा आज १९औं संस्करणको एसियाली खेलकुदको समापन भएको छ। हाङझाउ स्पोर्ट्स ओलम्पिक रंगशालामा चीनले प्रतियोगिताको भव्य समापन गरेको हो।
उद्घाटन जस्तै समापन समारोहमा पनि आयोजकले लाइटिङमार्फत् उत्कृष्ट कला देखाएको थियो।
समापन समारोहमा आगामी संस्करणको आयोजक जापानलाई झण्डा हस्तान्तरण गरिएको थियो। सन् २०२६ को २० औं संस्करणको एसियाली खेलकुद जापानको आइची र नायोगामा आयोजना हुँदैछ।
एसियाली खेलकुदमा ४५ देशका १२ हजार खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गरे। जसमा आयोजक चीनले २०१ स्वर्ण, १११ रजत र ७१ कास्य गरी कुल ३८३ पदक जित्यो।
चीन एसियाली खेलकुदको एकै संस्करणमा २ सय बढी स्वर्ण जित्ने पहिलो राष्ट्र बन्यो। पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ कास्य गरी कुल १८८ पदक जित्यो। तेस्रो स्थानको दक्षिण कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ कास्य गरी १९० पदक जित्यो। यसपटक छिमेकी भारतले एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्यो। भारतले २८ स्वर्ण, ३८ रजत र ४१ कास्य गरी कुल १०७ पदक जित्दै चौथो बन्यो।
खेलकुदमा २७ देशले स्वर्ण जिते। नेपालले पदक तालिकाको ३४ औं स्थानमा रह्यो। नेपालका लागि एरिका गुरूङले करातेबाट रजत र महिला कबड्डी टिमले कास्य जित्यो।
नेपालले सन् २००६ पछि पहिलो पटक दुई पदक जितेको हो। पछिल्ला तीन संस्करणमा नेपाल एक एक पदकमा मात्र सीमित बनेको थियो।
तस्बिरहरू:
![ssdf-1696774642.jpg](https://img.setoparty.com/uploads/posts/ssdf-1696774642.jpg?timestamp=1696775025986)
![ssds-1696774642.jpg](https://img.setoparty.com/uploads/posts/ssds-1696774642.jpg?timestamp=1696775025986)
![sads-1696773990.jpg](https://img.setoparty.com/uploads/posts/sads-1696773990.jpg?timestamp=1696774007626)
![gh-1696773946.jpg](https://img.setoparty.com/uploads/posts/gh-1696773946.jpg?timestamp=1696774007626)
![hh-1696773946.jpg](https://img.setoparty.com/uploads/posts/hh-1696773946.jpg?timestamp=1696774007626)
![ad-1696773943.jpg](https://img.setoparty.com/uploads/posts/ad-1696773943.jpg?timestamp=1696774007626)
![ddfff-1696773944.jpg](https://img.setoparty.com/uploads/posts/ddfff-1696773944.jpg?timestamp=1696774007626)
![dd-1696773944.jpg](https://img.setoparty.com/uploads/posts/dd-1696773944.jpg?timestamp=1696774007626)
![fsf-1696773945.jpg](https://img.setoparty.com/uploads/posts/fsf-1696773945.jpg?timestamp=1696774007626)
![chiana-1696773943.jpg](https://img.setoparty.com/uploads/posts/chiana-1696773943.jpg?timestamp=1696774007626)