यसपालिको इन्डियन प्रिमियर लिग (आइपिएल) चैत १६ गतेदेखि सुरू हुने भएको छ।
बिआइसिसीका अनुसार चैत १६ मा सुरू भएको प्रतियोगिता जेठ ११ सम्म चल्नेछ।
उदघाटन खेल मुम्बईमा हुनेछ। उक्त खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सको सामना गर्नेछ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले पहिलो खेल १७ गते किंग्स एलाभेन पञ्जाबसँग दिल्लीमै खेल्ने छ।
लिग चरणमा ५६ वटा खेल हुनेछन्।