नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्काले कोरोनाभाइरसको संक्रमण हुन नदिन सरकारले चालेका कदममा साथ दिन सबैलाई आग्रह गरेका छन्।
पारसले समाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै सबैले आ-आफ्नोतर्फबाट जिम्मेवारी लिँदै सरकारलाई सहयोग गर्नु पर्ने बताएका हुन्।
'मलाई थाहा छ यो हाम्रा लागि सजिलो समय होइन। सबै जना घर बसेर अत्यावश्यक काम बाहेक बाहिर नगइ नेपाल सरकार र सम्बन्धित सबै पक्षलाई सहयोग गर्न मेरो र क्रिकेट टिमको तर्फबाट आग्रह गर्न चाहन्छु,' पारसले भनेका छन्,'यो बेलमा हामीले जिम्मेवारी लिनु महत्वपूर्ण हो। यो बेला सबैले आआफ्नो तर्फबाट जिम्मेवारी लिने हो भने आगामी दिनमा यो पस्थितिबाट अगाडि बढ्नका लागि सजिलो हुनेछ। हामी सँगै भएर विश्वव्यापी महामारीविरुद्ध लडौ।'
विश्वव्यापी फैलदै गएको कोरोनाभाइरसका संसारमा मृत्यु हुनेको संख्या १० हजार नाघिसकेको छ। जसका कारण देशहरुले संक्रमण बढ्न नदिन विभिन्न कदम चालेका छन्।
नेपालमा पनि सरकारले अत्यावश्यक सेवा बाहेक सम्पूर्ण क्षेत्र बन्द गरिसकेको छ। जसका कारण विभिन्न खेलकुद प्रतियोगिता प्रभावित भइसर्केका छन्।
एभरेस्ट प्रिमियर लिग सरेको छ भने नेपाली क्रिकेट टिमले अप्रिल अन्तिम साता विश्वकप लिग २ खेल्ने नामिबिया जाने कार्यक्रम स्थगित हुने निश्चित छ।