अस्ट्रेलियाको मेलवर्नमा भएको एक्स्पर्ट सगरमाथा क्रिकेट लिगको उपाधि चितवन क्रिकेट क्लबले जितेको छ।
उपाधिसँगै चितवन ४ हजार ५ डलर पुरस्कार जितेको छ।
आइतबार भएको फाइनल खेलमा ब्राइटर्न भिक्टोरिया क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै चितवनले प्रतियोगिता जितेको हो।
ब्राइटर्नले दिएको १ सय ५३ रनको लक्ष्य चितवनले १६ ओमरमा ३ विकेट गुमाएर पुरा गरको थियो।
हरेक आइतबार हुने खेलमा १५ टिमको सहभागिता रहेको चितवन क्रिकेट क्लबका सञ्चालक सुमन अधिकारीले बताए।
प्रतियोगिता झण्डै ३ महिनासम्म चलेको थियो।