नेदरल्यान्ड्सविरूद्धको टी-२० सिरिजको फाइनल खेलमा नेपालले चौथो ओभरमा पहिलो विकेट गुमाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल २० रन बनाएर आउट भए। उनले १० बलमा १ चौका र २ छक्का प्रहार गरे।
चौथो ओभरको तेस्रो बलमा डच बलर भान डेरलाई स्कुप सट प्रहार गर्ने क्रममा उनी बोल्ड भएका थिए। त्यतिबेला नेपालले २३ रन जोडेको थियो।
आउट हुनु अघिल्लो बलमा भुर्तेलले उस्तै सटमा छक्का प्रहार गरेका थिए। फेरि उस्तै सट खेल्ने क्रममा उनी आउट हुन पुगे।
उनी नेदरल्यान्ड्सविरुद्धको अघिल्लो खेलमा १२ रनमा आउट हुँदा त्यसअघिका दुई खेलमा डक आउट भएका थिए।
अर्का ओपनर आसिफ शेखले तेस्रो ओभरको पहिलो बलमा २ रनमा जीवनदान पाएका थिए। भिभियन किंग्माको प्रहारलाई हावामा उडाएपछि आसिफको क्याच माइकल लेभिटले मिस गरेका थिए।
तस्बिरहरू:
![nepal-vs-netherlands-(2)-ink-1709618802.jpeg](https://www.setopati.com/uploads/posts/nepal-vs-netherlands-(2)-ink-1709618802.jpeg)
![nepal-vs-netherlands-(3)-ink-1709618803.jpeg](https://www.setopati.com/uploads/posts/nepal-vs-netherlands-(3)-ink-1709618803.jpeg)
![nepal-vs-netherlands-(4)-ink-1709618803.jpeg](https://www.setopati.com/uploads/posts/nepal-vs-netherlands-(4)-ink-1709618803.jpeg)
![nepal-vs-netherlands-(2)-ink-1709618802.jpeg](https://www.setopati.com/uploads/posts/nepal-vs-netherlands-(2)-ink-1709618802.jpeg)
![nepal-vs-netherlands-(1)-ink-1709618802.jpeg](https://www.setopati.com/uploads/posts/nepal-vs-netherlands-(1)-ink-1709618802.jpeg)
सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी