सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्सविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
त्रिवि मैदान कीर्तिपुरमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि कर्णालीले ब्याटिङको निम्तो पाएको हो।
लुम्बिनी यसअघि नै लिगबाट बाहिरीसकेको छ। आजको खेलमा लुम्बिनीले टिममा तीन परिवर्तन गरेको छ।
कर्णालीका लागि भने आजको खेल महत्वपूर्ण हुनेछ। अंक तालिकाको चौथो स्थानमा रहेको कर्णालीले आजको खेल जितेको खण्डमा प्लेअफ सम्भावना बलियो हुनेछ।
कर्णालीले आज कुनैपनि खेलाडी परिवर्तन गरेको छैन।
लिगको अन्तिम खेल सुदूरपश्चिमसँग खेल्नुपर्ने भएकाले पनि कर्णालीलाई आजको खेल महत्त्वपूर्ण हुनेछ।