बुधबार चेपक मैदानमा महेन्द्रसिंह धोनीले टस हारेपछि पनि चेन्नई सुपरसिंग्सको टोली ठूलो स्कोरतर्फ अघि बढिरहेको थियो।
जब धोनी १७.५ औं ओभरमा आए चेन्नईको स्कोर १७२ रन थियो। धोनीले आए लगत्तै चौका प्रहार गरे। १९ औं ओभरको पहिलो बलमा छक्का हिर्काए।
स्कोरबोर्डमा १८४ रन देखाइएको थियो र रन औसत १० कटिसकेको थियो। अझै ११ बल बाँकी थियो। अर्को छेउमा शिवम दुबे भएको कारण २०० रन भन्दा माथिको कुल स्कोर धेरै सजिलो देखिन्थ्यो।
यो ओभर पञ्जाब किंग्सका युजवेन्द्र चहलले बलिङ गरिरहेका थिए। अर्को बलमा छक्का प्रहार गर्ने प्रयास गर्दा धोनी बाउन्ड्रीमा क्याच भए।
यस ओभरको चौथो बलमा दीपक हुड्डा पोइन्टमा क्याच भए भने पाँचौं बलमा चहलले अंशुल कम्बोजलाई बोल्ड गरे। अन्तिम बलमा नूर अहमदलाई आउट गर्दै चहलले आइपिएल २०२५ को पहिलो ह्याट्रिक गरे । उनले २०२२ मा ह्याट्रिक पनि लिएका थिए।
अन्तिम ओभरको दोस्रो बलमा अर्शदीपले शिवम दुबेलाई आउट गरे र चेन्नई १९० रनमा समेटियो। जुन लक्ष्य पञ्जाबले दुई बल खेल्न बाँकी छदा ६ विकेटमा पूरा गर्यो। जसमा कप्तान श्रेषस अय्यरले ७२ रनको योगदान दिए।
आईपीएलमा पहिलो पटक चेन्नईविरूद्ध विरुद्ध ह्याट्रिक भएको हो।
आइपीएलको पहिलो ह्याट्रिक यही मैदानमा भएको थियो। २००८ मा चेन्नईबाट खेल्दा लक्ष्मीपति बालाजीले पहिलो ह्याट्रिक लिएका थिए।
चहलले ह्याट्रिकपछि उनले भने, 'माही भाइ अगाडि थिए त्यसैले जे पनि हुन सक्थ्यो तर म विकेट लिने बारेमा सोचिरहेको थिएँ। सर्कल भित्र पाँच फिल्डर थिए त्यसैले म ब्याट्सम्यान पिचमा स्थिर हुन नपरोस् भन्ने कुरा सुनिश्चित गर्न चाहन्थेँ।'