अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएल २०२५ का बाँकी खेल गुमाउने भएका छन्।
पञ्जाब किंग्सका अलराउन्डर म्याक्सवेल दाहिने हातको औंलामा चोट लागेपछि आइपिएल २०२५ को बाँकी खेलबाट बाहिरिएका हुन्।
पञ्जाबका कप्तान श्रेषस अय्यरले म्याक्सवेल बाहिरिएको पुष्टि गर्दै उनको स्थानमा अर्को खेलाडी ल्याउने विषयमा अहिले नसोचेको बताए।
उनी यो सिजन फर्ममा थिएनन्। उनले चार विकेट लिएका थिए भने ६ इनिङ्गसमा केवल ४८ रन बनाएका थिए।
जसमा पछिल्ला चार खेलमा उनले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।
उनलाई पञ्जाबले पछिल्लो मेगा अक्सनमा ४.२ करोड भारूमा आबद्ध गरेको थियो।
यसअघि पञ्जाबका तीव्र गतिका बलर लकी फर्ग्युन पनि चोट लागेका कारण टोलीबाट बाहिरिएका थिए।
बुधबार चेन्नईलाई हराएको पञ्जाब अंक तालिकामा दोस्रो स्थानमा छ।