काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनमा हुने ‘जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ को दोस्रो संस्करणमा २१ टोलीले भाग लिने भएका छन्।
प्रतियोगिता वैशाख २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता पहिलो दिन काठमाडौंको तल्लो मुलपानी, माथिल्लो मुलपानी र त्रिवि मैदानमा आयोजना हुनेछ। दोस्रो दिनदेखि त्रिवि मैदान र तल्लो मुलपानीमा हुने आयोजकको भनाइ छ।
प्रतियोगितालाई यस वर्षको एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिएको संघको भनाइ छ।
यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई काठमाडौं जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू-१६ टोलीको छनोटका लागि अवसर दिइने शुक्रबार आयोजित पत्रकार सम्मेलानमा जानकारी दिइयो।
गत बर्षको प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय विजेता बन्दा मोक्षदा स्कुल उपविजेता भएको थियो।
सहभागी टोलीलाई सात समूहमा विभाजन गरिएको छ। समूह विजेता सात टोली र एक उत्कृष्ट दोस्रो टोली क्वार्टरफाइनलमा पुग्नेछन्। प्रतियोगिताका कुल २८ खेल संचालन हुनेछन्। सेमिफाइनल र फाइनल खेल काष्टमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।
विजेता टोलीलाई १ लाख ५० हजार उपविजेता टोलीलाई ७५ हजार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीले १० हजार पाउदा उत्कृष्ट बलर, ब्याटर, इमर्जिङ खेलाडीले जनही पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्लेयर अफ दि म्याचलाई एक हजार दिइनेछ। विजेता र उपविजेताबाहेक अरू व्यक्तिगत पुरस्कार टेक्सास इन्टरनेसनल कलेजद्वारा प्रायोजन गरेको छ।
प्रतियोगिताको अनुमानित खर्च १६ लाख ३५ हजार रूपैयाँ रहेको छ। मुख्य प्रायोजक: बाबु एडभेन्चर प्याराग्लाइडिङ प्रा.लि, सहप्रायोजकमा आयुष इन्टरनेसनल ओभरसिज सर्भिस तथा अन्य प्रायोजकहरूमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, टिम ११, नेपाल बैंक ली,लुम्बिनी डेभलपमेन्ट बैंक, सुजुकी (सीजी मोटो), हिमाल रेमिट, केएफसी, जी स्पोर्ट्स, मेघा हस्पिटल र एभरेष्ट अस्पताल छन्।
सहभागी टोली र समूह विभाजन
समूह "ए"
सैनिक आवासीय महाविद्यालय
नेक्सस इन्टरनेशनल एकेडेमी
क्रियटिभ स्कूल
समूह "बी"
मोक्षदा स्कूल
त्रियोग हाई स्कूल
जेम्स स्कूल
समूह "सी"
संस्कृति इन्टरनेशनल स्कूल
रेडियन्ट रिडर्स एकेडेमी
ग्यालेक्सी पब्लिक स्कूल
समूह "डी"
भ्याली पब्लिक हाइअर सेकेन्डरी स्कूल
रत्न राज्य सेकेन्डरी स्कूल
नेपाल पुलिस स्कूल
समूह "ई"
डिएभी सुशील केडिया विश्व भारती स्कूल (ए)
अक्षरा स्कूल
पिक पोइन्ट एकेडेमी
समूह "एफ"
डिएभी सुशील केडिया विश्व भारती स्कूल (बी)
लर्निङ रियल्म इन्टरनेशनल स्कूल (एलआरआई)
अपी स्कूल
समूह "जी"
गेटवे एकेडेमी
विजडम इङ्लिस स्कूल
एन्जल्स हार्ट सेकेन्डरी स्कूल