आगामी जेठ तेस्रो साता स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज र टी-२० सिरिजका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी परेका छन्।
यसअघि ५३ खेलाडी रहेकोमा चार टोली बनाएर कोर क्याम्प संचालन गरिएको थियो। चार टोलीबीचको खेलपछि दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ खेलाडी छनोट गरिएको हो।
सिनियर टोलीको यो प्रशिक्षणमा युवा स्पिनर युवराज खत्रीसहित रुपेस सिंह, किरण ठगुन्ना र शुभ कंसकार पनि समेटिएक छन्। कुशल मल्ल, सागर ढकाल, सन्दीप जोरा, विवेक यादव, इशान पाण्डेलगायतका खेलाडी दोस्रो चरणमा पर्न असफल भए।
सिरिजको अन्तिम तयारी नेपालले इंग्ल्यान्डमा गर्दैछ। वैशाख ३१ देखि जेठ १२ गतेसम्म नेपाली टोलीले अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ।
त्यसपछि स्कटल्यान्ड गएपछि नेपालले त्यहाँ स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ।
नेपालले लिग-२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ।
लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।
लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।
दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका खेलाडी
१. रोहित पौडेल (कप्तान)
२. आसिफ शेख
३. कुशल भुर्तेल
४. अनिलकुमार साह
५. भीम सार्की
६. दिपेन्द्रसिंह ऐरी
७. गुल्शनकुमार झा
८. अर्जुन साउद
९. बसीर अहमद
१०. दिलिप नाथ
११. आरिफ शेख
१२. युवराज खत्री
१३. किरण ठगुन्ना
१४. सन्दीप लामिछाने
१५. ललितनारायण राजवंशी
१६. शहाब आलम
१७. सोमपाल कामी
१८. करण केसी
१९. नन्दन यादव
२०. प्रतिस जीसी
२१. रिजन ढकाल
२२. आकाश चन्द
२३. रुपेश सिंह
२४. लोकेश बम
२५. शुभ कंसकार