काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेटको अन्तिम आठको समिकरण पूरा भएको छ।
समूह चरणका २१ खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।
अब अन्तिम आठमा सैनिक आवासीय महाविद्यालय र ग्यालेक्सी पब्लिक स्कुल भिड्नेछन्। यस्तै डिएभी स्कुलको ए टोली र एन्जल हार्ट्स अर्को खेलमा भिड्नेछन्।
क्वार्टरफाइनलमा नेपाल पुलिस स्कुल र मोक्षदा स्कुल भिड्नेछन्। अर्को क्वार्टरफाइनलमा अपी स्कुल र गेटवे प्रतिस्पर्धा गर्ने भएका छन्।
गेटवेबाहेक सबै टोली समूह विजेताको रुपमा अन्तिम आठमा पुगेका हुन्। गेटवे भने उत्कृष्ट दोस्रो टोलीको रुपमा अन्तिम आठमा पुगेको हो।