डिएभी स्कुलले दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा सोमबार तल्लो मुलपानी मैदानमा भएको उपाधि भिडन्तमा डिएभीले गेटवे एकेडेमीमाथि ७ विकेटको जित निकाल्यो।
टस जितेर पहिले ब्याटिङ गरेको गेटवे १९.३ ओभरमा ७२ रनमै अलआउट भयो।
गेटवेका लागि मर्सिद इकबालले १५ रन र सविर अन्सारीले ११ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा डिएभीका कमल शाहीले ४ विकेट लिए भने प्रसिद्ध जैशीले ३ विकेट र केशव अग्रवालले २ विकेट लिन सफल भए।
७३ रनको सामान्य लक्ष्य डिएभीले १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि प्रसिद्ध जैशीले नटआउट ३५ रन बनाए। उनी फाइनलको प्लेयर अफ दि म्याच भए।
२१ टोलीले भाग लिएको यो प्रतियोगितालाई काठमाडौं जिल्ला क्रिकेट संघले यस वर्षको एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोट प्रतियोगिताका रूपमा लिएको छ। यो प्रतियोगितबाट उत्कृष्ट प्रदर्शन खेलाडीलाई काठमाडौंले आफ्नो यू-१६ टोलीमा राख्नेछ।
विजेता टोली डिएभीले १ लाख ५० हजार तथा उपविजेता गेटवेले ७५ हजार रुपैयाँ पुरस्कार पाएका छन्।
खेलाडी
उत्कृष्ट खेलाडीले १० हजार पाउदा उत्कृष्ट बलर, ब्याटर, इमर्जिङ खेलाडीले जनही पाँच हजार रुपैयाँ प्राप्त गरेका छन्। डिएभीका प्रसिद्ध जैशी उत्कृष्ट खेलाडी घोषित भए। गेटवेका साबिर अन्सारी उत्कृष्ट ब्याटर, डिएभीका कमल शाही उत्कृष्ट बलर र एन्जल हार्ट्सका अभिषेक कथायत इमर्जिङ खेलाडी घोषित भए।
विजेता र उपविजेताबाहेक अरू व्यक्तिगत पुरस्कार टेक्सास इन्टरनेसनल कलेजद्वारा प्रायोजन गरेको छ।
प्रतियोगिताको मुख्य प्रायोजक: बाबु एडभेन्चर प्याराग्लाइडिङ प्रा.लि, सहप्रायोजकमा आयुष इन्टरनेसनल ओभरसिज सर्भिस तथा अन्य प्रायोजकहरूमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, टिम ११, नेपाल बैंक ली,लुम्बिनी डेभलपमेन्ट बैंक, सुजुकी (सीजी मोटो), हिमाल रेमिट, केएफसी, जी स्पोर्ट्स, मेघा हस्पिटल र एभरेष्ट अस्पताल रहेका थिए।