भारत र पाकिस्तानबीचको तनावका स्थगित भएको भारतीय प्रिमियर आइपिएल २०२५ पुनः मे १७ सुरु हुने भएको छ। नयाँ मितिअनुसार फाइनल जुन ३ मा हुनेछ।
लिगमा अब लिग र प्लेअफसहित १७ खेल बाँकी छन्। बाँकी खेलहरु दिल्ली, अहमदाबाद, लखनऊ, बेंगलुरु, मुम्बई, र जयपुरमा खेलाइनेछ।
पुनः सुरु हुने पहिलो खेल मे १७ मा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स बीच बेंगलुरुमा हुनेछ। यो खेल विशेष रूपमा चर्चामा रहेको छ, किनभने यसमा विराट कोहलीको टेस्ट क्रिकेटबाट संन्यासपछि समर्थकहरूले सेतो जर्सी लगाउने योजना बनाएका छन्।
जयपुरको सवाई मान सिंह स्टेडियममा बम धम्कीको हल्ला पछि सुरक्षा कडा पारिएको छ, यद्यपि ती धम्कीहरू झूटा साबित भएका छन्। अधिकांश विदेशी खेलाडीहरू प्रतियोगितामा फर्कने अपेक्षा गरिएको छ, यद्यपि केही अष्ट्रेलियन र इङ्ग्ल्यान्डका खेलाडीहरू अनुपस्थित हुन सक्छन्।