आइपिएल २०२५ अन्तर्गत पञ्जाब किंग्स प्लेअफ नजिक पुगेको छ। आइतबार साँझ सकिएको खेलमा पञ्जाबले राजस्थान रोयल्समाथि १० रनको जित निकाल्यो।
जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको पञ्जाबले १७ अंक बनायो। अन्तिम दुई खेलअघि शीर्ष स्थानको रोयल्स च्यालेन्जर्स बेगलुरुको पनि १७ अंक नै छ। राजस्थान भने बाहिरिसकेको छ।
पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा २१९ रन बनायो। जवाफी ब्याटिङ गरेको राजस्थानले ७ विकेटको क्षतिमा २०९ रन बनायो।
राजस्थानका लागि ओपनरद्वय यशस्वी जैसवालले २५ बलमा ५० रन र वैभव सूर्यवंशीले १५ बलमा ४० रन बनाए। त्यसपछि ध्रुव जुरेल ३१ बलमा ५३ रन जोडेर आउट हुँदा राजस्थानको आसा सकियो।
बलिङमा पञ्जाबका हरप्रीत बरारले ३ विकेट लिए।
त्यसअघि पञ्जाबका लागि नेहाल वढेराले ३७ बलमा ७० रन र शशांक सिंहले ३० बलमा नटआउट ५९ रन बनाए।