भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले २५ वर्षीय युवा ब्याट्सम्यान शुभमन गिललाई टेस्ट टिमको नयाँ कप्तान नियुक्त गरेको छ।
गिलको कप्तानीमा भारतले आगामी जुन इंग्ल्यान्डमा पाँच टेस्ट खेल्नेछ।
रोहित शर्माले हालै टेस्ट क्रिकेटबाट संन्यास लिएपछि गिललाई यो जिम्मेवारी दिइएको छ। गिलले आइपिएलमा गुजरात टाइटन्सको कप्तानी गर्दै आएका छन्।
विकेटकिपर ब्याट्सम्यान रिषभ पन्तलाई उपकप्तान नियुक्त गरिएको छ।
भारत र इंग्ल्यान्डबीचको पाँच टेस्टको सिरिज २०२५-२७ को आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत हुनेछ।
सिरिजको पहिलो टेस्ट २०२५ जुन २० मा लिड्समा सुरु हुनेछ र अन्तिम टेस्ट अगस्ट ४ मा द ओवलमा सम्पन्न हुनेछ।