आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ।
घरेलु टोली स्कटल्यान्डविरूद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, रिजन ढकाल।
नेपालले सिरिजको दोस्रो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ। जुन ८ मा पुनः स्कटल्याण्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ।
लिग-२ को अंक तालिकामा नेपाल सबैभन्दा पुछारमा अर्थात आठौं स्थानमा छ। नेपालले अहिलेसम्म खेलेका १२ मध्ये २ खेल मात्रै जितेको छ।
स्कटल्यान्डविरूद्धको पछिल्ला पाँचमध्ये नेपालले तीन खेलमा जित निकालेको छ। एक खेल स्कटल्यान्डले जित्दा एक खेलमा नजिता आएको छैन।
लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ। टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख (विकेट किपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल।