युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको सोमबार निरीक्षण गरेका छन्।
कीर्तिपुर क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडान सम्बन्धी काम भइरहेको छ।
सोको प्रगति बुझ्न मन्त्री चौधरी कीर्तिपुर गएका हुन् । त्यस अवसरमा मन्त्री चौधरीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए।
यसअघि वैशाख २४ मा निर्माण सक्ने बताइएको थियो। तर निर्माण नसकिएपछि अब असार मसान्तमा सक्ने भनिएको छ। तर अबको २० दिनमा प्यारापिट निर्माण र फ्लाडलाइट जडान हुनेमा शंका छ।
किनभने प्यारापिटको केही भागमा भर्खर ढलान सुरु भएको छ भने सिट राख्ने काम बाँकी छ।