लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ का लागि ६ प्रमुख खेलाडीहरूलाई रिटेन (टिममा कायम) गर्ने निर्णय गरेको छ।
लुम्बिनीले मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमलाई टिममा राखेको छ।
यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, बिकाश अग्री र आरिफ खानलाई रिलिज गरेको छ।।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले सबै खेलाडीलाई धन्यवाद दिँदै सिजन २ मा नयाँ तथा युवा खेलाडीलाई मौका दिने बताएका छन्।
साथै उनले विदेशी खेलाडी पनि रणनीतिअनुसार छनोट गरिने उनले बताए।