लर्ड्समा भएको भारत र इंग्ल्याण्डबीचको तेस्रो टेस्ट म्याचमा इंग्ल्याण्डले २२ रनको रोमाञ्चक जित हासिल गरेको छ। पाँच म्याचको टेस्ट सिरिजमा इंग्ल्याण्डले २-१ को अग्रता लिएको छ।
इंग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो।इंग्ल्याण्डको पहिलो इनिङ ३८७ रनमा समेटियो। जसमा जोए रुटले १०४ रन जोडे। बलिङमा भारतका जसप्रीत बुमराहले पाँच विकेट लिए।
भारतले पनि पहिलो इनिङमा ३८७ रन बनायो। केएल राहुलले शतक (१०० रन) बनाए। इंग्ल्याण्डका क्रिस वोक्स (३ विकेट), जोफ्रा आर्चर (२ विकेट), र बेन स्टोक्स (२ विकेट) राम्रो बलिङमा।
इंग्ल्याण्ड दोस्रो इनिङमा १९२ रनमा अलआउट भयो, जसले भारतलाई १९३ रनको लक्ष्य दियो। वाशिंगटन सुन्दरले ४ विकेट लिएर भारतलाई बलियो स्थितिमा पुर्याए।
१९३ रनको लक्ष्य पछ्याउने क्रममा भारत १७० रनमा अलआउट भयो, जम्मा २२ रनले म्याच गुमायो।