इंग्ल्यान्ड-भारतबीच म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा सुरु चौथो टेस्टमा इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले टस जितेर पहिले बलिङ रोजेका छन्।
खेलका लागि भारतीय टोलीमा तीन महत्त्वपूर्ण परिवर्तन गरिएको छ। तीव्र गतिका बलर अंशुल कम्बोजले टेस्ट क्रिकेटमा डेब्यू गरेका छन्।
इंग्ल्यान्डले घाइते शोएब बशीरको ठाउँमा लियाम डसनलाई समावेश गर्दै आफ्नो प्लेइङ ११ पहिले नै घोषणा गरेको थियो भने भारतले टसको समयमा आफ्नो अन्तिम टोलीको घोषणा गर्यो।
हरियाणाका २४ वर्षीय तीव्र गतिका बलर अंशुलले उनले घाइते आकाश दीपको स्थान लिएका छन्।
पहिलो टेस्ट खेलेका साई सुदर्शन र शार्दुल ठाकुरलाई टोलीमा फिर्ता बोलाइएको छ। साईले करुण नायरको र शार्दुलले घाइते नीतीश कुमार रेड्डीको ठाउँ लिएका छन्।
अंशुलले हालै सम्पन्न भारतको 'ए' टोलीको टुरमा उत्कृष्ट प्रदर्शन गर्दै दुई प्रथम श्रेणी खेलमा पाँच विकेट लिएका थिए। उनी सुरुमा भारतीय टोलीमा थिएनन्, तर खेलाडीहरू घाइते हुने क्रम बढेपछि उनलाई 'कभर' को रूपमा टोलीमा समावेश गरिएको थियो।
यसैगरी जसप्रित बुमराह पनि प्लेइङ ११ मा छन् र यो सिरिजमा उनको तेस्रो खेल हुनेछ।
पाँच खेलको सिरिजमा १-२ ले पछि परेको भारतलाई सिरिजमा आशा जीवित राख्न यो खेल जित्नु वा बराबरी गर्नु आवश्यक छ।
भारतको प्लेइङ ११
यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, शुभमन गिल (कप्तान), ऋषभ पन्त, रवीन्द्र जडेजा, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, अंशुल कम्बोज।