भारत भ्रमणमा रहेको नेपालको ‘ए’ क्रिकेट टोलीले आसाम स्टेट क्रिकेट टोलीविरूद्धको पाँचौ टी-२० खेलमा २०८ रन बनाएको छ।
गुवाहटीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २०८ रन बनाएको हो।
नेपालका लागि सन्दीप जोराले ३९ बलमा २ चौका र ५ छक्काको मद्दतमा ६४ रन बनाए।
ओपनरद्वय इशान पाण्डेले २० बलमा ३२ रन र अनिल साहले १० बलमा ११ रन जोडे।
शुभ कंसाकारले २६ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४१ रनको योगदान गरे। बसिर अहमद १० रनमा रिटायर्ट हर्ट हुँदा आदिल अन्सारीले १० बलमा ३ छक्का प्रहार गर्दै नटआउट २५ रन जोडे।
बलिङमा आसामका आयुष्मान मालाकार र अभिनव चौधरीले २-२ विकेट लिए।
सिरिजका सुरूवाती चार खेल सकिदा नेपाल र आसाम दुवैले दुई दुई खेल जितेका छन्। यो खेल जित्ने टोलीले सिरिज आफ्नो पक्षमा पर्नेछ।