नेपालले युएईविरूद्धको दुई खेलको टी-२० सिरिजका लागि राष्ट्रिय टोली घोषणा गरेको छ। टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन् भने कुशल मल्लले पुनरागमन गरेका छन्। साथै सन्तोष यादवले पहिलो पटक स्थान बनाएका छन्।
नेपालले आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को सिरिजअघि त्रिवि मैदानमा युएईसँग टी-२० सिरिज खेल्न लागेको हो।
नेपाल र युएईबीच वैशाख ६ र ७ गते दुई खेलको टी-२० सिरिज हुन लागेको हो। त्रिवि मैदानमा हुने सिरिजका दुवै खेल साँझ पाँच बजेपछि हुनेछ।
त्यसपछि नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ। नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।
टी-२० नेपाली टोली
दीपेन्द्रसिंह ऐरी (कप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शहाब आलम र शेर मल्ल गरी मुख्य १५ जना खेलाडी छनोट भएका छन् भने रिजर्भमा प्रतिश जीसी, नारायण जोशी र राशिद खान रहेका छन्।