आइसिसी महिला टी२०आई च्यालेन्ज ट्रफीमा आज भएको दोस्रो खेलमा नेपालमाथि अमेरिकाले ४४ रनको जित निकालेको छ।
अमेरिकाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनायो। नेपालले लक्ष्य १२४ रनको थियो तर २० ओभरमा ९ विकेट गुमाएर मात्र ७९ रनमा अलआउट भयो।
अमेरिकाको ब्याटिङमा मध्यक्रमले जितको आधार तयार पार्यो। युएसएको ब्याटिङमा पूजा गणेश ले सबैभन्दा राम्रो प्रदर्शन गरिन्। उनले ४९ बल खेल्दै ४७ रन बनाइन्। उनैलाई प्लेयर अफ द म्याच पनि घोषणा गरियो। गार्गी भोगले ले २७ बलमा ३४ रन (५ चौका) प्रहार गर्दै आक्रामक ब्याटिङ गरिन्।
चेतना पाग्यद्याला ले ३७ बलमा ३० रन बनाएर टोलीलाई स्थिरता दिइन्।
बलिङमा नेपालकी मनिषा उपाध्यायले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिएर सबैभन्दा प्रभावकारी भइन्। कविता कुँवरले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन्। रिया शर्मा ले पनि १ विकेट लिए।
नेपालको ब्याटिङ निकै कमजोर रह्यो। कुनै पनि ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन्। बिन्दु रावलले ४५ बलमा २७ रन बनाएर टोलीको सबैभन्दा धेरै रन जोडिन्। कविता जोशी ले ११ रन बनाइन्। बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा अमेरिकाले नेपाललाई कुनै पनि बेला खेलमा फर्कन दिएन। माही माधवन र तरणुम चोपरा ले २–२ विकेट लिए। नेपालको अर्को खेल भोलि (१९ अप्रिल) इटाली महिला टोलीसँग हुनेछ।