आइपिएल २०२६ अन्तर्गत सोमबार अहमदाबादमा भएको खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्स (लाई ९९ रनले पराजित गर्दै सानदार जित दर्ता गर्यो। जससँग विभिन्न रोचक तथ्यांक र रेकर्डहरू बनेका छन्।
१. मुम्बईको ऐतिहासिक जित र गुजरातको खराब हार
अहमदाबादमा पहिलो जित: अहमदाबादको मैदानमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई पहिलो पटक हराएको हो। यसअघिका चारवटै खेलमा मुम्बई हारेको थियो।
गुजरातको सबैभन्दा ठूलो हार: ९९ रनको हार गुजरात टाइटन्सको आइपिएल इतिहासकै सबैभन्दा ठूलो हार हो। यसअघि सन् २०२५ मा चेन्नईविरुद्ध ८३ रनको हार सबैभन्दा ठूलो थियो।
न्यूनतम स्कोर: गुजरातले यस खेलमा बनाएको स्कोर (१०० रन) उसको इतिहासकै दोस्रो कम स्कोर हो। (यसअघि २०२४ मा दिल्लीविरुद्ध ८९ रनमा अलआउट भएको थियो)।
२. तिलक वर्माको विस्फोटक ब्याटिङ र कीर्तिमान
छिटो शतक: तिलक वर्माले मात्र ४५ बलमा शतक प्रहार गरे। यो मुम्बई इन्डियन्सका लागि आईपीएलमा सबैभन्दा छिटो शतकको रेकर्ड हो। उनले सन् २००८ मा सनथ जयसूर्याले बनाएको रेकर्डसँग बराबरी गरे।
सुरुवात सुस्त, अन्त्य आक्रामक: तिलकले पहिलो २० बलमा मात्र १७ रन बनाएका थिए, तर त्यसपछिका २५ बलमा उनले ८४ रन जोडे। यो आइपिएलएलमा कुनै पनि ब्याटरले आफ्नो इनिङको दुई भागमा देखाएको स्ट्राइक रेटको सबैभन्दा ठूलो अन्तर (२५१) हो।
अन्तिम ओभरहरूको विष्फोट: उनले इनिङको अन्तिम ६ ओभरमा ८२ रन बनाए, जुन आईपीएल इतिहासमै एउटा रेकर्ड हो। यस्तै, अन्तिम ४ ओभरमा मात्रै उनले ६४ रन जोडे।
बाउन्ड्रीको वर्षा: खेलको १५औं ओभरसम्म तिलकले एउटै पनि चौका वा छक्का हानेका थिएनन्। तर त्यसपछिका २३ बलमा उनले १५ वटा बाउन्ड्री (चौका/छक्का) प्रहार गरे।
विपक्षलाई एक्लैले जिते : तिलकले बनाएको रन गुजरात टाइटन्सको पूरै टिमले बनाएको कुल स्कोरभन्दा धेरै थियो। आईपीएलमा विपक्षी टिमलाई एक्लैले रनमा उछन्ने उनी मुम्बईका पहिलो र समग्रमा आठौं खेलाडी बने।
३. जसप्रित बुमराहको सानदार पुनरागमन
विकेटको खडेरी अन्त्य : बुमराहले यो खेलअघि आईपीएलमा लगातार १९ ओभर (१४६ बल) सम्म कुनै विकेट लिन सकेका थिएनन्। तर सोमबार उनले खेलको पहिलो बलमै विकेट लिएर यो खडेरी तोडे।
पहिलो बलमै सफलता : आफ्नो २७६ खेलको टी-२० करियरमा बुमराहले इनिङको पहिलो बलमै विकेट लिएको यो पहिलो पटक हो।
४. अन्य रोचक तथ्य
नम्बर ५ को कमाल: आइपिएल इतिहासमा ५ नम्बर वा सोभन्दा तल ब्याटिङ गर्न आएर शतक बनाउने तिलक चौथो खेलाडी बनेका छन्। (यसअघि युसुफ पठान, डेभिड मिलर र बेन स्टोक्सले यो उपलब्धि हासिल गरेका थिए)।
प्लेयर अफ द म्याच: तिलक वर्माले आफ्नो ६०औं आईपीएल खेलमा आएर पहिलो पटक 'प्लेयर अफ द म्याच' को अवार्ड जिते।
शतक र जित: तिलकले यसअघि बनाएका आठवटा ५० भन्दा बढीका स्कोरमध्ये सात पटक मुम्बई हारेको थियो। तर यो पटक उनको पहिलो आईपीएल शतकले टिमलाई ऐतिहासिक जित दिलायो।
साई सुदर्शनको रेकर्ड: गुजरातका ब्याटर साई सुदर्शन आफ्नो ७१ खेलको टी-२० करियरमा पहिलो पटक शून्य (डक) मा आउट भए।