नेपाल र युएईबीच आज दोस्रो टी-२० खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा साँझ पाँच बजे हुने खेल जितेमा नेपाललाई सिरिज बराबरी गर्ने अवसर हुनेछ।
किनभने सोमबार भएको पहिलो खेलमा युएईले नेापललाई ६ विकेटले हराएको थियो।
वर्षाले प्रभावित खेलमा नेपालले खराब ब्याटिङ गरेको थियो। वर्षाका कारण १० ओभरमा ७८ रनको लक्ष्य पछ्याएको युएईले ८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेटको क्षतिमा १२२ रन बनाएर खेलिरहदा वर्षाले खेल रोकिएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक नटआउट ३२ रन बनाएका थिए।
नेपालले आइसिसी मेन्स क्रिकेट विश्वकप लिग-२ को सिरिजअघि त्रिवि मैदानमा युएईसँग टी-२० सिरिज खेलेको हो।
त्यसपछि नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ। नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो।