जापानमा जारी २०औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुने भएका छन्।
पाकिस्तानले पहिलो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यसपछि भएको दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकामाथि १२४ रनको सानदार जित निकाल्यो।यससँगै स्वर्ण भिडन्त भारत र पाकिस्तानबीच पक्का भएको हो।
पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो। वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा बंगलादेशले दिएको ११२ रनको लक्ष्य पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो।
त्यसपछि भएको दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकालाई पराजित गर्दै पाकिस्तानसँगको फाइनल भेट पक्का गरेको हो। यससँगै एसियन गेम्सको पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीच बहुप्रतीक्षित भिडन्त तय भएको छ।
भारतले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६९ रन बनाएको थियो। उसका लागि इशान किशनले ४६ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ८० रन बनाए।
१७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९.५ ओभरमा ४५ रनमै अलआउट हुनु पुग्यो। उसका लागि नुवानिडु फर्नान्डोले १५ रन जोड्दा अरु सबै ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा भारतका जसप्रित बुमराह, अक्षर पटेल र अभिषेक शर्माले २-२ विकेट लिए।
स्वर्ण पदकका लागि भारत र पाकिस्तानबीचको फाइनल शनिबार हुनेछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्ति आमनेसामने हुन लागेकाले फाइनललाई विशेष महत्त्वका साथ हेरिएको छ।
सेमिफाइनलमा पराजित बंगलादेश र श्रीलंकाले भने कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। कास्य पदकको खेल पनि शनिबार नै हुनेछ।