नेपाल प्रिमिर लिग (एनपिएल) सिजन -३ का लागि क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी भएको छ।
‘टुगेदर फर द गेम: अ पार्टनरसिप फर क्रिकेट’ नारासहित सार्वजनिक गरिएको यस सहकार्यले क्रिकेटको विकासमा खेलकुद क्षेत्र र निजी क्षेत्रबीचको सहकार्यलाई आफ्नो संस्थाले प्राथमिकता दिएको जानकारी क्लाउड एजुकेसन भिसाले दिएको छ।
यस साझेदारीमार्फत नेपाली क्रिकेटको प्रवर्द्धन तथा खेलसँग सम्बन्धित गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्य क्लाउड एजुकेसन भिसाले लिएको छ ।
क्रिकेटप्रतिको आकर्षण बढाउन र खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता विस्तार गर्न यस्ता सहकार्यले सकारात्मक भूमिका खेल्ने अपेक्षा क्लाउड एजुकेसन भिसाले लिएको छ ।