इटालियन 'सिरि ए' मा साविक विजेता युभेन्ट्सले बोलोङ्नालाई २–१ गोलले पराजित गरेको छ।
शनिबार राति भएको खेलमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले १९ मिनेटमा पहिलो गोल गरे।
अघिल्लो साता खेल करिअरको ७०० गोल पूरा गरेका रोनाल्डोले योसँग 'सिरि ए' का १७औं प्रतिद्वन्द्वी विरुद्ध गोल गर्न सफल भएका छन्।
उनले खेलेका २० वटा प्रतिद्वन्द्वी मध्ये ३ वटाविरुद्ध मात्र गोल गर्न सकेका छैनन्।
रोनाल्डोले गोल गरेको सात मिनेटपछि बोलोङ्नाका लानान्गेराले बराबरी गोल फर्काए। तर ५४ मिनेटमा पिजानिकले अर्को गोल गर्दै युभेन्ट्सलाई दोस्रो पटक अग्रता दिलाए।
युभेन्ट्सका ४१ वर्षीय गोलकिपर बुफोनले दोस्रो हाफमा फेडेरिकोको प्रहारलाई विफल पारिदिएका थिए।
लिगको शीर्ष स्थानको युभेन्ट्सको ८ खेलबाट २२ अंक छ। दोस्रो स्थानको इन्टर मिलानको १८ अंक र तेस्रो स्थानको एटलान्टाको १७ अंक छ।