संघीय संसदका सदस्यहरू र संसद सचिवालयका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ।
संसद सेवा दिवसको अवसर पारेर मैत्रीपूर्ण फुटबल आयोजना गरिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सेतोपाटीलाई बताए।
प्रतियोगिता अपरान्ह १२ बजे दशरथ रंगशालामा हुदैछ। सांसदहरूको टिमको क्याप्टेन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना हुँदैछन् भने संसद कर्मचारीको टिमको क्याप्टेन संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई हुँदैछन्।
मंसिर २८ गते संसद सेवा दिवसको अवसर पारेर सचिवालयले साताव्यापी कार्यक्रम गरिरहेको छ।
दशरथ रंगशालामा आजै दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरूष फुटबलको फाइनल हुँदैछ। दिउँसो तीन बजेदेखि हुने खेलमा स्वर्णका लागि नेपाल र भुटान भिड्दैछन्।