इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर रियाद महरेज र डिफेन्डर एम्रिक लापोर्टेलाई कोरोना भाइरसको संक्रमण भएको छ।
अल्जेरियाका २९ वर्षीय विंगर र फ्रान्सका २४ वर्षीय डिफेन्डर लापोर्टेलाई पछिल्लो पटक गरिएको टेस्टमा कोरोना देखिएको हो।
अब दुवै खेलाडीले टिमसँग अभ्यास गर्ने छैनन्। ब्रिटिस सरकार र प्रिमियर लिगको नियमअनुसार दुवै जना अब सेल्फ आइसोलेसनमा बस्नेछन्।
म्यानचेस्टर सिटीका अनुसार दुवै खेलाडीमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन।
पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले प्रिमियर लिगको पहिलो खेलमा वुल्भ्ससँग खेल्नेछ। पहिलो खेल २१ सेप्टेम्बरमा हुनेछ।
कोरोना लागेका दुवै खेलाडी अहिले ब्रिटेनमा छन्।
अब १० दिन सेल्फ आइसोलेनमा बसेपछि दुवैलाई कोरोना नदेखिए उनीहरुले प्रिमियर लिगको पहिलो खेल खेल्न सक्नेछन्। किनभने सिटीले पहिलो खेल खेल्न अझै दुई साता बाँकी छ।