नेपालका फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी) का प्रतियोगिता खेल्न नपाउने भएका छन्।
एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्ड पूरा नगरकेका कारण नेपाली क्लबले एसियाली फुटबल महासंघको आधिकारीक प्रतियोगिता खेल्न नपाउने भएका हुन्।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) को क्लब लाइसेन्सिङ समितिले नेपाली क्लबलाई लाइसेन्स दिनका लागि एएफसीको फस्ट इन्स्ट्यान्ट बडी (एफआइबी) मा निवेदन दिएको थियो।
तर एफआइबीले मापदण्ड नपुगेको भन्दै नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स दिन अस्वीकार गरेको हो। एएफसीका प्रतियोगिता खेल्न अहिले एएफसी क्लब लाइसेन्स अनिवार्य छ।
२०२१ का लागि नेपालका १३ वटा ए डिभिजन क्लबले निवेदन दिएका थिए। गत वर्ष सहिद स्मारक ए डिभिजन लिग खेलेका मध्ये रेगिलगेशनमा परेको सरस्वती युवा क्लब बाहेक सबै क्लबले एएफसीमा निवदेन दिएको एन्फाले जनाएको छ।
एएफसीले नेपाली क्लब मध्ये त्रिभुवन आर्मी क्लबको निवेदनमा सकारात्मक प्रतिक्रिया दिएको छ।
अब एन्फाले दुई वर्षका लागि मापदण्ड पूरा गर्ने समय दिन एएफसीसँग अनुरोध गर्न सक्नेछ।
क्लब लाइसेन्सका लागि कुनै पनि क्लबको एकेडेमी, मैदान, युवा टिम, बित्तिय व्यवस्थापक, मेडिकल अफिसिर, मिडिया अफिसयर लगायत हुनु पर्नेछ।