विभागीय टोली नेपाल आर्मी राष्ट्रिय हक्की प्रतियोगिताको पुरुषमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को लिग खेलमा अपराजित रहँदै आर्मी सेमिफाइनलमा पुगेको हो।
च्यासल मैदानमा आर्मीले कोशी प्रदेशलाई ३–० गोलले पराजित गर्यो।
आर्मीका लागि कासीराज राई, दीपेन्द्र ऐर र राजेन्द्र कार्कीले समान १–१ गोल गरे। राजेन्द्र ‘प्लेयर अफ द म्याच’ घोषित भए। यसअघि समूह चरणको खेलमा आर्मीले गण्डकी प्रदेश र मधेश प्रदेशलाई हराएको थियो।
आइतबार ३ खेल हुनु पर्नेमा वर्षाका कारण २ खेल मात्र सम्भव भए।
पुरुषमा नेपाल प्रहरी र बागमती प्रदेश तथा महिलामा आर्मी र गण्डकीबीचको खेल वर्षाले गर्दा प्रभावित भयो।
यी दुई खेलसँगै सोमबार ५ खेल हुनेछ। बाँकी तीन खेल पुरुषतर्फ गण्डकी र मधेश तथा कर्णाली प्रदेश र एपीएफ क्लबबीच हुनेछ। महिलामा मधेशले बागमती विरुद्ध प्रतिस्पर्धा गर्नेछ।