युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कास्य पदक जितेका छन्।
भारतमा भएको प्रतियोगितामा ३ नेपाली खेलाडीको सहभागिता रहेको थियो।
पछिल्लो समय सुस्ताएको कुस्तीलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीका अन्य खेलाडीमा समेत उत्साह थपिएको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले बताए।
उनले यो नेपाली कुस्तीको इतिहासमा ऐतिहासिक उपलब्धि समेत भएको बताए।
यस प्रदर्शनले नेपाली कु्स्तीलाई धेरै प्रेरणा मिलेको टोलीका प्रशिक्षक मुमताज अलि इद्रिसीले बताए।