सुन्दरीमाई तेक्वान्दो डोजाङले ग्रान्डमास्टर दिवाकर महर्जनलाई सम्मान गरेको छ।
विगत ३० वर्षदेखि अमेरिकाको पोर्टल्यान्डमा युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउड सञ्चालन गरिरहेका महर्जनलाई तेक्वान्दोमा दिएको योगदानका लागि सम्मान गरिएको हो।
आठौं डान र सुपर क्लास रेफ्री महर्जन नेपाली तेक्वान्दो समुदायको प्रेरणादायी व्यक्ति भएको भन्दै सम्मान गरिएको सुन्दरीमाई तेक्वान्दो डोजाङका प्रमुख सुवासचन्द्र गौतमले बताए।
यस्तै डोजाङले नेप्लिज तेक्वान्दो एकेडेमीका अन्तर्राष्ट्रिय खेलाडी अदिश खड्कालाई पनि सम्मान गरेको छ।
अदिशले जापान वाता ओपनमा रजत पदक र अस्ट्रेलियाको गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिप २०२५ मा आफ्नो विधामा स्वर्ण पदक जितेका थिए।
गत महिना उक्त पदक जितेका उनलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको हो।