नेपालले बिलि जिन किङ कपमा मंगलबार विजयी सुरुआत गरेको छ।
समूह ‘बी’ को खेलमा नेपालले म्यान्मारलाई २–१ ले पराजित गरेको नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका छन्।
श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा निलर विनले नेपालकी शिभाली गुरुङलाई ७–५, ४–६ र ६–१ ले पराजित गरिन्।
अर्को सिंगल्समा नेपालकी अभिलाषा विष्टले टे टे मिन्टलाई ६–२ र ६–३ को सोझो सेटमा हराइन्।
डबल्समा शिभाली र अभिलाषाको जोडीले थिरी सियोन र निलरको जोडीलाई ७–५ र ७–६ ले पाखा लगाए।
नेपालले बुधबार कतार विरुद्ध खेल्ने छ।