कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले १५औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन्।
भुटानको थिम्पुमा जुन ११ देखि १५ सम्म सम्पन्न प्रतिस्पर्धामा नेपालले विभिन्न समूहतर्फ उपाधि जितेको थियो।
कार्यवाहक प्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयमा सोमबार विजेता खेलाडीहरूलाई सम्माानसहित बधाई ज्ञापन गरेको उनको सचिवालयले जनाएको छ।
सो क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै नाम राख्न सफल भएको भन्दै खेलाडीहरूको प्रशंसा गरेका थिए।
प्रतियोगितामा नेपालले ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका थिए भने महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शिला ठकुरीले रजत पदक जितेका थिए।
त्यसैगरी पुरूष स्पोर्ट्स फिजिक १७५ मुनिको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका छन्।
पुरूष स्पोर्ट्स फिजिक १७५ माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौं स्थान हासिल गरेका छन्।