प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी र सम्बद्ध प्रशिक्षक तथा व्यवस्थापकलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासंघको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिन्जालीलाई प्रधानमन्त्री ओलीले नगद रु ६५ लाख पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे।
यस्तै, गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) तर्फ कास्य पदक विजेता मनमती विष्टसहितलाई रु एक लाख ५० हजारका दरले पुरस्कार प्रदान गरे।
सोही अवसरमा असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कामा भएको ‘काभा यु–२०’ पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई रु तीन लाखका दरले पुरस्कार दिइएको छ। उनीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको हो ।
साथै, यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको ‘एसिसी यु–१६ इस्ट जोन कप’ क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएको बताउँदै लगनशील भई व्यावसायिक हिसावले समर्पणभावका खेलजगतमा रमाउनसके सफलता प्राप्त हुने विश्वास व्यक्त गरे।
“हामीले सङ्गठित रुपले खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन। अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको छ भने अब खेलाडी व्यावसायिक रुपमा अगाडि बढेका छन्”, प्रधानमन्त्री ओलीले भने, “म देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने खेलाडी, प्रशिक्षक लगायतलाई धेरै धेरै धन्यवाद र बधाई दिन्छु।”
क) काभा यू-२० च्याम्पिनसिपमा पदक विजेता खेलाडी, सहभागी प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक
१ अर्जुन नेपाली खेलाडी रजत ३,००,०००/-
२ पहल गहतराज खेलाडी रजत ३,००,०००/-
३ अशोक राना खेलाडी रजत ३,००,०००/-
४ शैलेन्द्र यादव खेलाडी रजत ३,००,०००/-
५ सुर्य वि.क. खेलाडी रजत ३,००,०००/-
६ जित बहादुर सार्की खेलाडी रजत ३,००,०००/-
७ सुरेश मल्ल खेलाडी रजत ३,००,०००/-
८ विश्वास अधिकारी खेलाडी रजत ३,००,०००/-
९ लेसमन राहादी खेलाडी रजत ३,००,०००/-
१० सागर रसौली खेलाडी रजत ३,००,०००/-
११ सुजन सुनार खेलाडी रजत ३,००,०००/-
१२ दिपेश कुंवर खेलाडी रजत ३,००,०००/-
१३ रमेश के.सी. मुख्य प्रशिक्षक रजत २,००,०००/-
१४ लाल बहादुर बटाला सहायक प्रशिक्षक रजत १,२०,०००/-
१५ गणेश सिंह ठगुन्ना व्यवस्थापक रजत १,२०,०००/-
(ख) तेस्रो थाउलो विश्वकप २०२४ को पदक विजेता खेलाडीलाई प्रदान गरिने पुरस्कार तथा सम्मानको विवरण
१ विजय सिंजाली खेलाडी कास्य ६५,००,०००/-
(ग) एसियन कबड्डी च्याम्पियनसिपमा पदक विजेता खेलाडी र सहभागी प्रशिक्षकलाई प्रदान गरिने पुरस्कार तथा सम्मानको विवरण।
१ मानमति विष्ट खेलाडी कास्य १,५०,०००/-
२ जयन्ती वडु खेलाडी कास्य १,५०,०००/-
३ गंगा घिमिरे खेलाडी कास्य १,५०,०००/-
४ रविना चौधरी खेलाडी कास्य १,५०,०००/-
५ सृजना कुमारी थारु खेलाडी कास्य १,५०,०००/-
६ आस्मा यादव खेलाडी कास्य १,५०,०००/-
७ मनिषा जोशी खेलाडी कास्य १,५०,०००/-
८ निशा खत्री खेलाडी कास्य १,५०,०००/-
९ निशा बोहरा खेलाडी कास्य १,५०,०००/-
१० विनिता पण्डित क्षेत्री खेलाडी कास्य १,५०,०००/-
११ हरिना थापा टिम प्रशिक्षक कास्य ९०,०००/-