हिमाल अर्याल र प्रभा आङदेम्बे विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि छानिएका छन्।
भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २६ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताका लागि २ खेलाडी छानिएको पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले जनाएका छन्।
हिमालले सटपुट तथा प्रभाले लङजम्पमा प्रतिस्पर्धा गर्ने छन्। प्रभाले गत फेब्रुअरीमा नयाँ दिल्लीमै भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा लङजम्पमै रजत पदक जितेकी थिइन्।
अध्यक्ष सिवाकोटीले विश्व पारा च्याम्पियनसिपमा नेपाली खेलाडीले सहभागिताको अवसर पाउनु ऐतिहासिक भएको बताउदै विश्व पारा एथलेटिक्समा नेपालको पहिलो सहभागिता हुने बताए।