तेक्वान्दो खेलाडी रमिला तामाङले कोरियामा जारी सङनाम कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक जित्न सफल भएकी छन्।
कोरियामा जारी देइगु वर्ल्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपको पुम्सेअन्तर्गत ३० वर्ष मुनीको उमेर समूहमा उनले कोरियाली खेलाडीलाई हराइन्।
नेपाल पुलिस क्लबकी तेक्वान्दो खेलाडी लामाले उपाधि जितेपछि प्रतिक्रिया दिँदै लामाले जितले आत्मविश्वास बढाएको र आगामी दिनमा थप उत्कृष्ट नतिजा निकाल्न मिहिनेत गर्ने बताइन्।
लामाको जितमा काभ्रेको बेथानचोक गाउँपालिकाले बधाइ व्यक्त गरेको छ। गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रमिलाको जितले गाउँपालिकाको शान बढाएको प्रतिक्रिया दिएका छन् उनले सामाजिक सञ्जाल मार्फत रमिलाको जित प्रति बधाई व्यक्त गरेका छन्।
काभ्रेको बेथानचोक गाउँपालिका-५ टाङ्गी टोल निवासी लामाले नेपाल पुलिस क्लबमा पनि विभिन्न उपाधि चुमिसकेकी छिन्।