आइटिएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले २३औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।अक्टोबर ३ देखि १२ तारिखसम्म इलाटीको जेसोलोमा हुने प्रतियोगिताका लागि आईटीएफ अम्पायर कमिटीले
थापालाई निर्णायक मनोनित गरेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले जनाएको छ।
उक्त प्रतियोगिताका थापासहित विभिन्न राष्ट्रबाट कमिटीले ८० अम्पायर छनोट गरेको बताइएको छ।
नेपाल आइटिएफका महासचिव समेत रहेको थापा दोश्रोपटक आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा अम्पायरमा मनोनित भएका हुन्।
सन् २०१९ मा बुल्गेरियामा भएको २१ औं संस्करणमा पनि थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
थापाले विभिन्न राष्ट्रमा भएका दक्षिण एसियाली, एसियाली, विश्व कप, कन्टिनेन्टललगायतका प्रतियोगितमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।