रघुगंगा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ।
रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तुँदी पावर कम्पनीको करिब ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो।
आयोजनाले प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध गराएको २५ लाखबाट रायखोरमा पक्की कोर्ट निर्माण र कोटगाउँको खेलमैदान पुनर्निर्माण गरिएको रघुगंगा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए।
रायखोरको खेलमैदान ढलान गरेर पक्की बनाउन २५ लाख र कोटगाउँको खेलमैदान पुनर्निर्माणका लागि रु १४ लाख ३९ हजार सहयोग गरिएको थियो।