नेपाली खेलाडी सन्देश अधिकारीले हाइनान् खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत जितेका छन् ।
उनले पुरुष ३० वर्षमुनि एकल पुम्सेमा रजत जितेको तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।
सन्देश फाइनलमा फिलिपिन्सका खेलाडीसंग पराजित भएपछि रजतमा सीमित भए ।
सोही स्पर्धामा सर्वज्ञ फुयालले कांस्य हात पारे ।