नेपालका लागि एजनको आधिकारिक विक्रेता सुवासना इन्टरनेसनल प्रा.लि. ले एजनद्वारा उत्पादित खेल सामाग्री मंगलबार लन्च गरेको छ।
एजनकी प्रोपाइप्रटर लि मेङ, एजनकी मार्केटिङ हेड जेनी र एक्सक्लुसिभ पार्टनर अफ एजन नेपाल तथा सुवासनाका प्रबन्ध निर्देशक सुशिल श्रेष्ठले लाजिम्पाटमा आयोजित एक कार्यक्रमबीच ‘प्रोडक्ट लोन्च’ गरे । चीनियाँ संस्था एजनद्वारा उत्पादित सामाग्रीमा बास्केटबल, भलिबल, फुटबल, टेबलटेनिस, सटलकक र पिकलबल छन्।
प्रबन्ध निर्देशक श्रेष्ठले विगत ३ वर्षदेखि खेल सामाग्री वितरण गर्दै आएपनि आधिकारिक रुपमा पहिलोपटक ‘प्रोडक्ट लोन्च’ गरेको बताए । उनले मोफसलमा पोखरा, विराटनगर, धरान र नारायणगढमा आफ्ना सामाग्रीहरु पठाएको जानकारी गराउदै ग्राहकबाट राम्रो प्रतिक्रिया आएकोमा उत्साहित रहेको बताए।
प्रोपाइप्रटर लिले आफ्नो सामाग्रीलाई विश्वास गरेकोमा सुवासनालाई धन्यवाद दिदै गुणस्तरमा कुनै कमी आउन नदिन एजन सतर्क रहेको बताइन्।
उपत्यकामा एजनका ३ आउटलेट सञ्चालनमा छन्। लाजिम्पाटमा गो स्पोर्ट्स, टोखामा स्पोर्ट्स जोन र कीर्तिपुरमा फ्रेन्ज स्पोर्ट्स सेन्टरले एजनका सामाग्री विक्री गर्दै आएका छन्।