धावक सुनमाया बुढालाई नेपाली कांग्रेसले सम्मान गरेको छ।
केन्द्रीय कार्यालय सानेपामा शुक्रबार सभापति गगन थापाले धावक बुढालाई सम्मान गरेका हुन्।
इटालीको कोर्टिना द आम्पेज्जोमा भएको ‘La Sportiva Lavaredo Ultra Trail 120K’ प्रतियोगितामा बुढाले १२० किलोमिटर दूरी १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा पूरा गरेकी थिइन्।